विश्वको सर्वोच्च सगरमाथा आरोहण गरेका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगर काठमाडौं आइपुगेका छन्। उनको स्वागतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती लगायत त्रिभुवन विमानस्थल पुगेका थिए।
बुढाले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड बनाएका छन्।
उनले आज (मंगलबार) काठमाडौंमा पत्रकार सम्मेलन पनि आयोजना गर्दैछन्।
कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन्। झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका हुन्।
रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए।
तस्बिरहरूः
84
Shares
प्रतिक्रिया