ad ad

समाज


प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ

प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ

नेपालखबर
जेठ १६, २०८० मंगलबार १९:५४, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताए।

‘विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ,’ उनले भने।

उनले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताए। 

‘अहिलेको परिवर्तनविरुद्ध पुरातनवादी शक्ति सल्बलाउन थालेका छन्। उनीहरुको जयजयकार हुन लागेको छ। यो देशका लागि खतरा हो,’ गुरुङले भने।

सरकारले ल्याएको बजेटले आफ्नो विधि प्रक्रिया मात्रै पुर्याएको उनले बताए। 

बजेट नारैनारामा सीमित भएको टिप्पणी गर्दै उनले भाषाले सबैतिर छोएको, मिलाएको तर स्रोतको कुनै सुनिश्चितता गर्न नसकेको बताए। 

संघीय शासन प्रणालीमा सरकारको एकात्मक र केन्द्रीकृत ढङ्गको बजेट आएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .