महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले सगरमाथा आरोही हरि बुढामगर विश्वकै गौरव भएको बताएका छन्।
दुवै खुट्टा गुमाएर कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका बुढामोगरलाई मंगलबार मन्त्रालयमा बोलाइ मन्त्री आचार्यले सम्मान गरे। कृत्रिम खुट्टाकै सहाराले अद्भूत साहस र उच्च आत्मविश्वासका साथ जेठ ५ गते विश्वको सर्वोच्च शिखर आरोहण गरेका थिए।
सगरमाथाको सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल भएको भन्दै मन्त्री आर्चायले बुढामगरको प्रशंसा गरे।
'शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद पनि साहसिक र दुर्लभ क्षमताको प्रदर्शन गरी नेपाल र नेपालीलाई विश्वसमक्ष चिनाउन गर्नुभएको कार्यको सरकार उच्च प्रशंसा गर्दछ, नेपालका लागि मात्र भएर तपाई विश्वको गौरव हो’, मन्त्री आर्चायले भने।
बुढामगर धेरैका लागि आदर्श र प्रेरणाका रूपमा स्थापित भएको मन्त्री आचार्यले बताए।
Shares
प्रतिक्रिया