ad ad

समाज


प्युठान दुर्घटना : मृतक ७ जनाको सनाखत (नामावलीसहित)

प्युठान दुर्घटना : मृतक ७ जनाको सनाखत (नामावलीसहित)

नेपालखबर
जेठ २९, २०८० सोमबार १९:२५, काठमाडौँ

प्युठानमा जीप दुर्घटना मृत्यु भएका सात जनाको सनाखत भएको छ। सोमबार दिउँसो स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको लु १ च ६३४५ नम्बरको उक्त जीपमा सवार ७ जनाको सनाखत भएको हो। 

प्रहरीका अनुसार जीपमा सवार ८ जनामध्ये १ जनाको सनाखत हुन बाँकी छ।

प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि यात्रुहरुलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएको थियो। तर ती सबैको ज्यान गएको हो।

यी हुन सनाखत भएका ७ जनाः
१) सरिता शर्मा पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ३५)
२) विशाल पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष १४)
३) विकाश पोख्रेल,दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ९)
४) गोविन्द शाही, दाङ, लमहि नगरपालिका–७ गढवा (वर्ष ४०)
५) राधा नेपाली, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ३०)
६) आदित्य शाह, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ९)
७) तारा कुमाल, दाङ लमही (बर्ष ४९) चालक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .