ad ad

समाज


पुल बनाउन खटिएका सब-इन्जिनियर राईको खोलाले बगाउँदा निधन

पुल बनाउन खटिएका सब-इन्जिनियर राईको खोलाले बगाउँदा निधन

नेपालखबर
जेठ ३२, २०८० बिहिबार ११:२९, भोजपुर

भोजपुरमा खोलाले बगाउँदा एकजना सब–इन्जिनियरको निधन भएको छ। 

जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित राउते खोलाले बगाउँदा ३२ वर्षीय सव–इन्जिनियर मन्दीप राईको निधन भएको थियो। 

पुल निर्माणस्थलमा अचानक बाढी आउँदा सब-इन्जिनियर राईले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

बर्षाका बेला मात्रै उर्लिने राउते खोलामा पुल निर्माण लगाइएको स्काभेटर र पुलको जगसमेत बगाउन थालेपछि जोगाउ खटिएका उनी बाढीमा परेका थिए। 

बाढी आएपछि स्काभेटर ड्राइभर सम्राट केसी भने हामफालेर ज्यान जोगाउन सफल भएका छन्। 

 सब–इन्जिनियर राईले पनि ज्यान जोगाउन हामफालेका थिए। तर उनी खोलामा उर्लेको बाढीको भंगालेमा परेका थिए।

बाढीको भंगालोमा परेपछि बुधबार रातिदेखि बेपत्ता उनको शव त्यही खोलाको तीन किलोमिटर तल भेटिएको छ। 

उनको शव खोलाबाट निकालिएको छ। प्रिय र परिचित युवा इन्जिनियरको निधनले जिल्लाबासी शोकमा डुबेका छन्। 

मन्दीपको निधनमा दलका नेतादेखि सर्वसाधारणसमेतले शोक व्यक्त गरिरहेका छन्। उनी यसअघि भोजपुरकै षडानन्द नगरपालिकामा कार्यरत रहेर केही वर्षअघिदेखि टेम्केमैयुङ गाउँपालिकामा सरुवा भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .