ad ad

समाज


चौरासी पूजा गर्न शीतगंगा नगरपालिकाले बाँड्यो ८० लाख

चौरासी पूजा गर्न शीतगंगा नगरपालिकाले बाँड्यो ८० लाख

रासस
असार १, २०८० शुक्रबार १३:२५, काठमाडौँ

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग गरिरहेको छ।

आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो। हालसम्म ३१९ ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए। उनीहरूलाई कुल ७९ लाख ७५ हजार रकम बाँडिएको हो।

आर्थिक सहयोग पाएपछि ज्येष्ठ नागरिक खुसी भएका छन्।

चुनावको सययमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगंगा ३ का ज्येष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी भए। ग्रामीण क्षेत्रका धेरै ज्येष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासंग आर्थिक सहयोग गर्न माग गरेका थिए।  

नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी रु ८० लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए।

कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको ज्येष्ठ नागरिकको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .