ad ad

समाज


मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा बेलिब्रिज लगिँदै

मेची राजमार्ग सुचारु गर्न हेवाखोलामा बेलिब्रिज लगिँदै

बाढीले क्षतिग्रस्त बनाएको हेवाखोला पुल


नेपालखबर
असार ३, २०८० आइतबार १४:५२, काठमाडौँ

मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ।

गएरातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएको थियो।

लगत्तै, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।

उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवम् प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्दारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा  उपकरणहरूको विवरण तय भैसकेको र सोही कार्ययोजनाअनुसार बेलीब्रिज पठाउन लागिएको बताए।

हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको हो।

विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भैरहेको जानकारी दिए। 

बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .