ad ad

समाज


बालक्यान्सरको उपचार गरिहेका अस्पताललाई ३५ प्रकारका औषधि निशुल्क वितरण गरिँदै

बालक्यान्सरको उपचार गरिहेका अस्पताललाई ३५ प्रकारका औषधि निशुल्क वितरण गरिँदै

नेपालखबर
असार ६, २०८० बुधबार १४:२२, काठमाडौँ

नेपालका सरकारले बालक्यान्सरको उपचार भइरहेका अस्पतालहरुलाई प्रयोग हुने ३५ प्रकारका औषधि निशुल्क वितरण गर्ने भएको छ। 

विश्व स्वास्थ्य संगठनको ‘ग्लोबल इनिसियटिभ फर चाइल्डहुड क्यान्सर’ कार्यक्रम अन्तर्गत नेपाललाई निशुल्क औषधि उलब्ध हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखामा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए।

सेन्ट जुडले विश्व स्वास्थ्य संगठनसँग मिलेर ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु च्याइल्डहुड क्यान्सर मेडिसिन’ परियोजना अन्तर्गत औषधि वितरण गर्न लागेको डा. पौडेलले बताए। 

डा. पौडलका अनुसार विश्व स्वास्थ्य संगठन अन्तर्गत युनिसेफ र अमेरिकाको सेन्ट जुड चिल्ड्रेन्स हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा नेपालसहित ११ देशमा बाल क्यान्सरको निशुल्क औषधि दिन लागिएको हो।

‘सरकारी अस्पताल र बच्चाको क्यान्सर उपचार हुने अस्पतालहरुमा  ३५ प्रकारको औषधि निशुल्क वितरण गरिन छ’ उनले भने।

बाल क्यान्सरको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधि निशुल्क दिनसके बिरामीलाई धेरै सहयोग हुने डा. पौडेल बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .