ad ad

समाज


प्रेम चलाउनेको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

प्रेम चलाउनेको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

फाइल तस्बिर


नेपालखबर
असार ७, २०८० बिहिबार १६:३, काठमाडौँ

आफूलाई कुटपिट गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेले हालेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। 

उप-प्राध्यापक चलाउनेको पक्षमा रिट लिएर सर्वोच्च पुगेकी अधिवक्ता राधिका खतिवडाले न्यायाधीश मनोजकुमार शर्माको इजलासबाट अन्तरिम आदेश जारी भएको जानकारी दिइन्। 

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए। 

त्रिवि नेविसंघ इकाइ कमिटी अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो। 

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको अवस्थामा सरकारले यही आइतबार फिर्ता लिएको थियो। 

सरकारको निर्णयविरुद्ध चलाउनेले यसअघि नै काठमाडौं जिल्ला अदालत परिसरभित्र आमरण अनशन बस्ने चेतावनी दिएका थिए। यही मंगलबार अदालतमा अनशन बस्न जाँदा उनलाई प्रहरीले पक्राउ गरेको थियो। 

त्यसपछि यही बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गृह मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला अदालत काठमाडौं र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय समेतलाई विपक्षी बनाइ रिट हालेका थिए। 

रिटमा नेविसंघ त्रिवि इकाइ अध्यक्ष हरि आचार्यसहित योगेन्द्र बहादुर रावल, रुपेश शाह , रविन कुमार लामा , सयुज श्रेष्ठ र दीपकराज ओझालाई प्रतिवादी बनाइएको थियो। उनीहरु नै चलाउनेलाई मरनासन्न हुने गरी भएको कुटपिटको घटनामा संलग्न थिए।

सम्बन्धित समाचार

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .