ad ad

समाज


प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी हालेका न्यायाधीशले दिए राजीनामा

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी हालेका न्यायाधीशले दिए राजीनामा

फाइल तस्बिर


नेपालखबर
असार ११, २०८० सोमबार १५:१, काठमाडौँ

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गर्ने जिल्ला न्यायाधीश आफैंले राजीनामा दिएका छन्। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले सोमबार पदबाट राजीनामा दिएका हुन्। 

भट्टराईले यसअघि हरिकृष्ण कार्की प्रधानन्यायाधीशमा सिफारिस भएपछि संसदीय सुनुवाई विशेष समितिमा उजुरी गरेका थिए। 

तर उनीसहितको उजुरीका बावजुत संवैधानिक परिषदको सिफारिसलाई सदर गर्दै सरकारले कार्कीलाई प्रधानन्यायाधीश बनाएपछि भट्टराईले राजीनामा दिएका हुन्।

उनले आफैँले कानुनी र नैतिकरुपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै राजीनामा दिएको बताएका छन्। 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको मातहतमा बस्न असहज हुने निष्कर्षउनले निकालेका छन्। 

उनले न्यायाधीश नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। राजनीतिक पार्टीका मानिसहरु न्याय परिषद्मा नियुक्त हुने गरेको आरोप पनि उनले लगाए। 

न्यायपरिषद्ले न्यायाधीशमा राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ति गरिदिएपछि न्यायाधीशहरुको भविष्य नै अन्धकार भएको उनले बताए। 

राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि न्याय क्षेत्रमा काम गर्ने स्थिति देखिएको भन्दै भट्टराईले आपत्ति जनाए।

कार्की प्रधानन्यायाधीश हुनुपूर्व नै संसदीय समितिमा आफूले उजुरी हाले पनि सुनुवाइ समितिले विवेक प्रयोग गर्न नसकेको उनको जिकिर थियो। 

संसदीय सुनुवाइ समिति नै अवैध रहेको भन्दै त्यो निष्पक्ष भएको भए कार्की प्रधानन्यायाधीश हुन नसक्ने स्थिति रहेको बताए।

‘न्यायाधीश र अन्य नियुक्तिहरुमा धेरै राजनीतिक पार्टीका मानिसहरुले अवसर पाएका छन्। न्याय परिषद्का सदस्यका आफन्तहरु बाहिरबाट नियुक्ति गरिन्न्छ। तर हामी जुन करियरबाट आएका छौँ, उहाँहरु सबैको भविष्य अन्धकार भयो। राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ति गरिदिएपछि सबै न्यायाधीशको भविष्य डामाडोल भयो। राजनीतिक मानिसहरु पदमा आएर राजनीतिक आस्थाको लागि काम गर्ने काम भयो। त्यो रहँदा अहिले जो सम्माननीय प्रधानन्यायाधीश हुनुहुन्छ, उहाँ प्रधानन्यायाधीश हुनुभन्दा अघि नै संसदीय सुनुवाइ समितिमा उजुरी गरेको थिएँ’, उनले भने, ‘संसदीय सुनुवाइ समितिले विवेक प्रयोग गर्ला भनेको समिति नै अवैध थियो। प्रधानन्यायाधीशको नियुक्ति पनि अवैध रुह्यो। यो विषय आफूले अयोग्य भनेको मानिस नै प्रधानन्यायाधीश भइसकेपछि उहाँको मातहतमा बसेर मलाई काम गर्न असहज भयो।’

उनले आगामी दिनमा पनि न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि आफू सक्रिय रहने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .