ad ad

समाज


आज यी ३२ जिल्लामा बाढीको जोखिम

आज यी ३२ जिल्लामा बाढीको जोखिम

फाइल तस्बिर : दार्चुला


नेपालखबर
असार १५, २०८० शुक्रबार ११:४०, काठमाडौँ

आज (शुक्रबार) ३२ जिल्ला भई बहने नदीमा बाढी आउने सम्भावना रहेकाले तिनले असर पार्ने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।  

महाशाखाका अनुसार आज रुपन्देही, कपिलवस्तु र पाल्पा भई बहने नदीमा बाढीको उच्च जोखिम छ।

यस्तै इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र स्याङजालगायत १७ भन्दा बढी जिल्ला भई बहने नदीमा बाढीको मध्यम जोखिम छ।

यस्तै बाढीको मध्यम जोखिम रहेका अन्य जिल्लामा तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान र दाङलगायत छन्।

उल्लिखित २० जिल्ला र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने सम्भावना देखिएकाले सो क्षेत्र भई बहने साना नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सल्लाह दिएको छ। 

साथै सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, बाँकि र आसपास भई बहने केही ससाना नदीहरूमा बहाव बढ्नसक्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

यो पनि‘भारीदेखि धेरै भारी’ वर्षाको सम्भावना छ, सतर्कता अपनाउनुहोला : मौसम महाशाखा

हेर्नुहोस् बाढीको जोखिमबारे बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .