ad ad

समाज


नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री

नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री

नेपालखबर
असार १५, २०८० शुक्रबार १४:५४, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरुले उपचार पाउने बताए।

उनले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताए। ‘यो निर्णय भित्र नपरेका पनि गरी ७७ वटै जिल्लाका निमुखा बिरामीहरु कतै १० प्रतिशत निःशुल्क बेड त्यहाँ पुगिसकेको कारणले उपचार भएन र त्यहाँ कोटा पुगिसकेको छ भनेपनि र अर्को साल, अर्को महिना भन्ने किसिमले कुरा भयो भनेपनि अत्यन्तै गरिव, विपन्न, असहाय, गरिव जसलाई गम्भीर रोग लागेको छ,’ उनले भने, ‘अफ्ठ्यारो अवस्थामा परेको छ। तिनीहरुको हकमा साँच्चिकै ठूलो समस्या आइलाग्यो भने स्थानीय तहका साथीहरुले हामीलाई सिफारिस गरे उसको जिउ, ज्यान बचाउने काममा हामी सहयोग गर्नेछौँ।’

मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए।

‘विभिन्न कारणले स्वास्थ्य मन्त्रालयकोबजेट कटौति भएको थियो। अझै २० प्रतिशत कटौति छ र पनि यो अफ्ठ्यारो परिस्थितिमा जनतको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिदैनौँ। हामी जनताको उपचार जस्तोसुकै बेलामा पनि गर्नेछौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .