ad ad

समाज


मोटरपार्ट्स तथा मदिरासहित बोलेरो गाडी नियन्त्रणमा

मोटरपार्ट्स तथा मदिरासहित बोलेरो गाडी नियन्त्रणमा

नेपालखबर
असार १८, २०८० सोमबार १७:४३, काठमाडौँ

इलाम जिल्लाको सूर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार सशस्त्र प्रहरीले करीब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ।

प्रदेश नं. १–०३–००१ ज ००१९ नम्बरको सो गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको मोटरपार्ट्स तथा मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले नियन्त्रणमा लिएको हो।

सो गाडीभित्र डिजेल पाइप ८ थान, ब्याक लाइट कभर १० थान, इन्डिकेटर लाइट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्बन १० थान, हेडलाइट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .