गएको असार १७ गते बिहान करिब ३ बजे जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलामा रहेको एक घरमा आगलागी भयो। घरमा कोही नभएका कारण मानवीय क्षति भने हुन पाएन। तर, तीन तलाको कच्ची घर र घरभित्र रहेका सबै सामान जलेर नष्ट भयो।
आफ्नी बहिनीलाई अन्तर्जातीय बिहे गरेको भन्दै २२ वर्षीय हिक्मत गिरीले २१ वर्षीय मुकेन्द्र नेपालीको घर जलाएका थिए।
उक्त घटनाको विरोधमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गर्ने भएको छ।
जुम्लामा अन्तरजातीय विवाह गरेको कारण घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको विरोधमा खबरदारी कार्यक्रम गर्न लागिएको हो।
बुधबार दिउँसो १ बजे काठमाडौंस्थित माइतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ।
66
Shares
प्रतिक्रिया