ad ad

समाज


गायक रोबिन तामाङको अन्त्येष्टि छोरी फ्रान्सबाट आएपछि गरिने

गायक रोबिन तामाङको अन्त्येष्टि छोरी फ्रान्सबाट आएपछि गरिने

नेपालखबर
असार २०, २०८० बुधबार १२:४, काठमाडौँ

चर्चित नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक रोबिन तामाङको अन्त्येष्टि फ्रान्सबाट छोरी आएपछि मात्रै गरिने भएको छ।

६० वर्षीय उनको मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएको थियो।

तामाङको शव पोस्टमार्टमका लागि अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। उनको अहिले पोस्टमार्टम गरिँदैछ।

पोस्टमार्टम सकिए पनि उनको अन्त्येष्टि छोरी फ्रान्सबाट आएपछि मात्रै गरिने भएको छ। परिवारका अनुसार  छोरी आएपछि रोविनको स्वायम्भूनाथ परिसरमा अन्त्येष्टि तयारी भएको छ।

तामाङ मंगलबार साँझ ६ बजे उनको दुई तले घरको बेडरूममै मृत भेटिएका थिए। उनको निधनको कारण खुलिसकेको छैन। स्ट्रोक या हृदयघातमध्ये एक भएको हुन सक्ने अनुमान गरिएको छ। तर यसको आधिकारिक पुष्टि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै हुनेछ।

तामाङले कयौँ चर्चित नेपाली गीत गाएका छन्। रक गायकका रुपमा उनका सिनियरदेखि पछिल्लो पुस्तासमेत फ्यान छन्। उनले थुप्रै नेपाली फिल्ममा अभिनय पनि गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .