वैदेशिक रोजगारीका नाममा हुने ठगीविरुद्ध शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।
काठमाडौंको कोटेश्वरस्थित बालकुमारीमा आईटी आर्मीले प्रदर्शन गरेकको हो।
वैदेशिक रोजगारमा भइरहेको ठगी रोक्न तथा ठग म्यानपावर र एजेन्टलाई कारबाही गर्न विरोध प्रदर्शन गरिएको आईटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले बताए।
विरोध र्यालीमा सहभागीहरुले ‘कामदार लुट्न पाइँदैन, भ्रष्ट म्यानपावर चाहिँदैन, फ्रि भिसा–फ्रि टिकट लागू गर, भ्रष्ट म्यानपावर कम्पनीलाई खारेज गर’ जस्ता नाराहरु लगाएका थिए।
36
Shares
प्रतिक्रिया