ad ad

समाज


सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर

सोलुखुम्बुको लामाजुरासम्म सम्पर्कमै थियो मनाङको हेलिकप्टर

फाइल तस्बिर


नेपालखबर
असार २६, २०८० मंगलबार ११:२४, काठमाडौँ

मनाङ एयरको एउटा हेलिकप्टर मंगलबार बिहान सम्पर्कविहीन भएको छ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि बिहान १० बजे उडेको यो हेलिकप्टर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईका अनुसार यो हेलिकप्टर दूधकुण्ड नगरपालिका-२ लामाजुरासम्म नागरिक उड्ययन प्राधिकरणको लुक्ला कार्यालयसँग सम्पर्कमा थियो।

लामाजुराबाट यता काठमाडौं टावरलाई हस्तान्तरण गरिसकेपछि हेलिकप्टर बेपत्ता भएको हो। लामाजुरासम्म लुक्ला टावरले हेर्ने गर्छ।

त्यसयता हेलिकप्टर काठमाडौं टावरसँगको सम्पर्कमा आउनुपर्ने थियो। तर बेपत्ता भएको हो। 

उक्त हेलिकप्टर सम्पर्कविहीन भएको पुष्टि त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  पनि गरेका छन्।

हेलिकप्टरमा ५ जना विदेशी यात्रुसहित एकजना पाइलट सवार थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .