ad ad

समाज


सशस्त्र प्रहरीमा एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालियो

सशस्त्र प्रहरीमा एसएसपीदेखि सहायक हवल्दारसम्म बढुवाको सूचना निकालियो

नेपालखबर
असार ३१, २०८० आइतबार २०:२३, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपालले आइतबार सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म बढुवाको लागि सूचना प्रकाशित गरेको छ। 

जस अन्तर्गत सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, उपरीक्षक, नायव उपरीक्षक, निरीक्षक, बरिष्ठ नायव निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक, बरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवाका लागि आइतबार एकै पटक सूचना प्रकाशित गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक हवल्दार पदमा समेत बढुवाको लागि सूचना प्रकाशित गरिएको छ।

आइतबार नै लेखा उप–समूहतर्फ ५ जना र कानून उप–उपसमूहतर्फ १ जनाको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा सिफारिससमेत गरिएको छ।

डीएसपी थापाका अनुसार १ सय ९८ जना हवल्दारलाई बरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरिएको छ।

यो प्रक्रियासँगै २०६४ सालमा भर्ना भएको सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षकको अघिल्लो बढुवामा छुटेको टोली सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुनेछ। 

यसैगरी २०६० सालमा भर्ना भएको सशस्त्र प्रहरी निरीक्षकको ठूलो टोली नायव उपरीक्षकमा रहेकोमा सो टोलीसमेत सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा हुनेछ। यसैगरी विल्लादार जवानतर्फ समेत एउटै दर्जामा लामो समय बस्नुपर्ने अवस्थामा यसबाट तल्लो दर्जासमेत लाभान्वित हुनेछन्। 

अहिले बढुवा नभएको भए यी दर्जाहरुमा अझै ७र८ वर्ष बढुवा नहुने अवस्था सृजना हुने भएको थियो। तर सूचना प्रकाशितसँगै लामो समयसम्म बढुवा नहुने समस्या हट्ने भएको छ।

विगत १७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया पनि सुरु भएको छ, भने सशस्त्र प्रहरी बलमा केही वर्ष यताको सबैभन्दा ठूलो संख्यामा एकै पटक बढुवासमेत हुन लागेको हो।

एक वर्षमा विभिन्न दर्जामा गरी करिब ३ हजार कर्मचारी बढुवा भएका छन्। 

यस्तै ३१ सय भन्दा बढिको पदस्थापन, २० जनाको विशेष बढुवा, करिब १० हजारको सरुवा, ४ सय ७८ जनाको समायोजन सरुवा र विभिन्न दर्जामा १ सय ११ जना नयाँ भर्ना गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .