नेपाल स्वास्थ्य व्यवसायी परिषदको अध्यक्षमा परिषद्का पूर्व रजिष्ट्रार धनप्रसाद पौडेलको नाम सिफारिस भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परिषदको अध्यक्षमा पौडेलको नाम सिफारिस गरेका हु्न।
बस्नेतको सचिवालयका अनुसार परिषद्को अध्यक्षमा पौडेलको मात्रै नाम सिफारिस भएको हो।
स्वास्थ्यमन्त्री बस्नेतको सिफारिस अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेलको नियुक्तिको टुंगो लगाउने तयारी थियो।
तर, मंगलबार निर्णय नभएपछि अब बिहीबार यसबारे मन्त्रिपरिषद्ले निर्णय लिने बताइएको छ।
यसअघि २ पटक परिषदको रजिष्ट्रार भएका पौडेल स्वास्थ्य सेवा विभागमा मेडिकल टेक्नोलोजिष्टका रुपमा कार्यरत छन्।
147
Shares
प्रतिक्रिया