डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
विभागले आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको हो।
हेर्नुहोस् सूचना-
साउन २१, बिहान ८:५० बजे#महाकाली नदी डडेलधुरा स्थित पारि-गाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (५.८० मि) पार गरेको र बढ्दो रहेकोले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा रहनुहुनेहरूले दिउँसो १ बजे सम्म सतर्कता अपनाइराखौँ ।@NDRRMA_Nepal pic.twitter.com/qJORZgL1q4
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) August 6, 2023
60
Shares
प्रतिक्रिया