पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरीमा सुख्खा पहिरो खस्दा अवरुद्ध बनेको सडक गएरातिदेखि खुलेको छ।
धादिङको गजुरी गाउँपालिका–२ परेवाभीरमा सुख्खा पहिरो खस्दा मुग्लिन नारायणगढको सडकखण्ड सोमबार राति करिब ८ बजेदखि अवरुद्ध भएको थियो।
सुख्खा पहिरो हटाएपछि गएराति करिब २ बजेदखि यो राजमार्ग गएर गाडी गुड्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
इलाका प्रहरी कार्यालय गजुरीको टोलीले गजुरी गाउँलेकाको जेसिभी, डोजर लगायतका उपकरणको सहयोगमा पाँच घण्टापछि सडक एकातर्फ खुलेको हो।
परेवाभिरमा सोमबार साँझ झरेको पहिरो पन्छ्याएर केही सवारी आवागमन सुरु भएपछि पुनः ठूलो पहिरो खस्दा रातको समयमा झण्डै ६ घण्टा यात्रु सडकमै राकिएका थिए।
पहिरोले रोकिएका सवारी साधन गएरातिदेखि नै गन्तव्यतिर लागेका छन्।
60
Shares
प्रतिक्रिया