ad ad

समाज


महानगरले सफा गर्दै सामाखुसी खोलो, ‘पुरानै स्वरूप’मा फर्काइने (तस्बिरहरू)

महानगरले सफा गर्दै सामाखुसी खोलो, ‘पुरानै स्वरूप’मा फर्काइने (तस्बिरहरू)

नेपालखबर
साउन २१, २०८० आइतबार १५:२४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले सामाखुसी खोला सफा गर्ने काम सुरु गरेको छ। मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर महानगरले खोला सफा गर्न थालेको हो। 

महानगरले असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको थियो। 

महानगरले स्ल्याब हटाएर सो खोलालाई पुरानै स्वरूपमा फर्काउनेगरी काम भइरहेको बताएको छ। खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फmलामको बार लगाउने तयारी महानगरको रहेको छ। 

सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए। उनी खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएक थिए। 

उनको शव गत बिहीबार दक्षिणकाली नगरपालिका–७ स्थित नदी किनारमा भेटिएको थियो। 

तस्बिरहरु : काठमाडौं महानगरपालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .