ad ad

समाज


राजस्वका महानिर्देशक भन्छन् : सुन तस्करीमा अन्तरदेशीय ‘कनेक्सन’ देखिएकाले प्रहरीलाई जिम्मा लगायौँ

राजस्वका महानिर्देशक भन्छन् : सुन तस्करीमा अन्तरदेशीय ‘कनेक्सन’ देखिएकाले प्रहरीलाई जिम्मा लगायौँ

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना। तस्बिर : दीपक भट्ट


नेपालखबर
साउन २१, २०८० आइतबार १७:५३, काठमाडौँ

राजस्व अनुन्धान विभागले साउन ३ गते बरामद सय किलो सुन तस्करी प्रकरणमा अन्तरदेशीय संगठित अपराध भएकोले प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ।

विभागले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विभागले यसबारेमा जानकारी दिएको हो।

तस्करीमा अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानाकारी दिए।

हङकङ हुँदै जहाजबाट काठमाडौं भित्रिएको एक सय किलो सुन विभागको टोली त्रिभुवन विमानस्थलबाट भन्सार जाँपास भइसकेको अवस्थामा साउन ३ गते समातेको थियो।

उक्त सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारले सुरुमा प्रहरीलाई सहभागी गराउन चाहेको थिएन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहतको राजस्व अनुसन्धान विभाग एक्लैले अनुसन्धान थालेको थियो।

तर, अनुसन्धानको १६ दिनपछि सुन तस्करीको उक्त मुद्दाको फाइल र पक्राउ परेका सबै अभियुक्तलाई विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बुझाउने निर्णय विभागले गरेको छ।

आइतबार विभागमा पत्रकार सम्मेलन गरेर महानिर्देशक ढुंगानाले सुन तस्करीमा अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताए।

 ‘अहिलेसम्म पक्राउ परेकाहरु र फेला परेको तथ्य प्रमाण प्रहरीको जिम्मा लगाएका छौँ’, उनले भने, ‘यसमा अन्तरदेशीय संगठित अपराध देखिएकाले अब सीआईबीले अनुसन्धान अघि बढाउने छ।’ 

तर ढुंगानाले पत्रकार सम्मेलनका क्रममा विभागले  इतिहासमै नयाँ काम गरेको बताए।

तर विभाग स्थापना भएयता पहिलो पटक आफ्नो क्षेत्राधिकारको विषय अनुसन्धान चल्लाचल्दै प्रहरीलाई जिम्मा लगाइएको हो। प्रधानमन्त्री मातहतको विभागले हात उठाएपछि अब गृहमातहतको सीआईबीले अनुसन्धान अघि बढाउने छ।

राजस्वले यो प्रकरणमा संलग्न रहेको आरोपमा फरक मितिमा १८ जनालाई पक्राउ गरेको थियो। तीमध्ये एकजना बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको छ। 

पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन्। 

यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन्। 

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .