प्रहरीले सिरहाबाट ६८ बोरा रासायनिक मल बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजारले स्थानीय ममता एग्रोभेटबाट ६७ बोरा मल (खाद) बरामद गरेको हो। प्रहरीले एग्रोभेट सञ्चालकलाई पनि पक्राउ गरेको छ।
रासायनिक मलको अभाव देखाउँदै एग्रोभेट सञ्चालकले महंगो मूल्यमा मल बेचेको पाइएपछि ५६ बोरा डीएपी र १२ बोरा युरीया मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
एग्रोभेट संचालक महेन्द्र यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीको लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय पठाएको छ।
यादवले प्रतिकिलो २० रुपैयाँ पर्ने युरिया मल ४० रुपैयाँ र प्रतिकिलो ५० रुपैयाँ पर्ने डीएपी मल ६० रुपैयाँभन्दा बढीमूल्यमा बेच्ने गरेको गुनासो किसानले गरेका छन्।
21
Shares
प्रतिक्रिया