ad ad

समाज


भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध, सुदूर पहाडका यात्रु अलपत्र

भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध, सुदूर पहाडका यात्रु अलपत्र

नेपालखबर
साउन २३, २०८० मंगलबार १०:५५, कञ्चनपुर

सोमबार रातिको अविरल वर्षाले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। 

कैलालीको गोदावरी नगरपािलका–४ बुढीतोलास्थित राजमार्ग पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको हो। 

भीमदत्त राजमार्ग अन्तर्गत खानीडाँडादेखि बुढीतोलासम्म करिब एक किलोमिटर सडकमा पहिरो खसेको यात्रु ललित जोशीले बताए।

जोशीका अनुसार सडक ठाउँमा भाँसिनुका साथै रुख ढलेर राजमार्ग अवरुद्ध भएको छ।

भीमदत्त राजमार्ग सुदूर पहाडका ७ जिल्लालाई जोड्ने मुख्य सडक हो।

पहिरोले सडक अवरुद्ध भएपछि डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटी जाने सयौँ गाडी बाटोमै रोकिएका छन्। सडक अवरुद्ध हुँदा गएरातिदेखि नै हजारौँ यात्रुहरु अलपत्र छन्।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .