निरन्तरको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको बहाव बढेको छ। मेलम्ची खोलामा पानीको बाव बढेको जानकारी गराउँदै हेलम्बु गाउँपालिकाले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।
शनिबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।
छमिति २०८०÷०४÷२७ गते देखि निरन्तर रुपमा परेको अबिरल बर्षाको कारण मेलम्ची खोलामा पानीको बहाव अत्याधिक रुपमा बढ्न गएको हुँदा तटिय क्षेत्रमा बसोबास गर्ने सम्पूर्णमा उच्च सतर्कता अपनाउँदै सुरक्षित रहनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ गाउँपालिकाले भनेको छ।
दुई वर्षअघि मेलम्ची नदीमा आएको भीषण बाढीका कारण ठूलो क्षति भएको थियो।
39
Shares
प्रतिक्रिया