ad ad

समाज


५ लाख रूपैयाँ घुससहित गाउँपालिकाका दुई कर्मचारी पक्राउ

५ लाख रूपैयाँ घुससहित गाउँपालिकाका दुई कर्मचारी पक्राउ

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १२:२९, काठमाडौँ

सप्तरीको विष्णुपुर गाउँपालिकाका दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार ५ लाख रूपैयाँ घुससहित पक्राउ गरेको छ। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले बुधबार बिहान गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई उक्त परिमाणको घुससहित पक्राउ गरेको हो।

उनीहरुलाई सप्तरी सदरमुकाम राजविराज नगरपालिका-३, त्रिभुवन चोकबाट घुससहित पक्राउ गरेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

सोलार बत्ती जडानसहितका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस लिएको सूचनाका आधारमा अख्तियारको इटहरीस्थित कार्यालयको टोलीले उनीहरुलाई घुसबापत लिइसकेको चेकसहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार लेखापाल टेकनारायणलाई सेवाग्राहीबाट लिएको घुसबापतको २ लाख रूपैयाँ नगद र एमआईएस अपरेटर वीरेन्द्रकुमारलाई ३ लाख रूपैयाँको चेकसहित पक्राउ गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .