ad ad

समाज


सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ

सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ पक्राउ

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार १५:१४, काठमाडौँ

साउन ३ गते बरामद भएको ६० केजी ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन पुरुष र एक महिला छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको बताए।

पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन। उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ।

अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ। यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

उक्त सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले १७ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .