ad ad

समाज


टीकापुर घटनामा सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

टीकापुर घटनामा सर्वोच्चको फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

नेपालखबर
साउन ३१, २०८० बुधबार २१:५, काठमाडौँ

कैलालीको टीकापुरमा २०७२ सालमा भएको प्रहरी वरिष्ठ उपरीक्षक र नाबालकसहित ९ जना हत्याको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।

सर्वोच्च अदालतले गत जेठ २ गते गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरेको हो।

टीकापुर घटनामा मुख्य योजनाकार भनिएका रशेमलाल चौधरीलाई भने सरकारले सर्वोच्चको फैसला लगतै आममाफी दिएर रिहा गरिसकेको छ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमसहित केहीको हकमा जिल्ला अदालतकै फैसला सदर गरेको थियो।

सीताराम चौधरी र गंगाराम चौधरीले सफाई दिएको थिए। लक्ष्मण थारुको हकमा यसअघि तोकिएको ५ वर्ष कैदको फैसला बदर गर्दै तीन वर्ष कैदको सजाय सुनाएको थियो।

सीताराम चौधरी र गंगाराम चौधरीलाई २०७५ फागुनमा कैलाली जिल्ला अदालतले पाँच वर्ष कैद सुनाएको थियो। २०७७ पुसमा उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो।

सर्वोच्चको फैसलाको पूर्णपाठ यस्तो छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .