तनहुँमा जमिन भासिएर सेती नदीमा खस्न लागेका ३ घरका परिवारलाई नेपाली सेनाको पहलमा सुरक्षित स्थानमा सारिएको छ।
नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४, पुल्चोकस्थित सेती नदी किनारमा रहेका ३ घरका परिवारलाई अन्य निकायको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो।
अविरल वर्षाका कारण ती घर जमिन भासिएर नदीमा खस्ने जोखिममा छन्। त्यसमा बसोबास गर्नेहरूलाई बुधबार साँझ ७ बजेदेखि राति १० बजेसम्म लगाएर उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
साथै उनीहरूका लत्ताकपडा, खाद्यान्न तथा भाडावर्तन लगायतका सामाग्री पनि सुरक्षित स्थानमा लगिएको सेनाले जानकारी दिएको छ।
165
Shares
प्रतिक्रिया