ad ad

समाज


नेफ्स्कून पत्रकारिता पुरस्कार थपलियालाई

नेफ्स्कून पत्रकारिता पुरस्कार थपलियालाई

नेपालखबर
साउन ३२, २०८० बिहिबार १२:३, काठमाडौँ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार शोभित थपलियालाई प्रदान गर्ने घोषणा गरेको छ।

नेफ्स्कुनको ३६औं स्थापना दिवसको अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा पुरस्कार घोषणा गरिएको हो। 

स्थापना दिवसमा घोषणा गरिएको पुरस्कार वार्षिक साधारणसभाका दिन प्रदान गरिने नेफ्स्कूनले जनाएको छ।

एक दशकदेखि आर्थिक तथा सहकारी क्षेत्रका विविध विषयवस्तुमा थपलियाले कलम चलाउँदै आएका छन्। 

सहकारी अभियानका विविध आयामलाई उजागर गर्नुका साथै पत्रकारिताका माध्यमबाट सहकारीको प्रवर्द्धन र खबरदारीमा पुर्याएको योगदानको कदरसहित पुरस्कार दिने घोषणा भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .