ad ad

समाज


संगीत उद्योगको विकासमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री

संगीत उद्योगको विकासमा सरकारले सहयोग गर्छ : पर्यटनमन्त्री

नेपालखबर
भदौ ३, २०८० आइतबार १९:१९, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगीत उद्योगको विकासका लागि सरकारले आवश्यक कदम चाल्ने बताएका छन्।

काठमाडौंमा आइतबार आयोजित निर्देशक समाजको साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रममा पर्यटन मन्त्री किरातीले संगीत उद्योगले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनसक्ने भन्दै सरकारले संगीत उद्योगको विकासका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका हुन्।

‘गीत संगीतमा सीमाना हुँदो रहेनछ। तर, सीमाना पृथ्वीमा छ। सीमाना मान्छेमा छ, यो कसले लगायो? यी सबै ठूलाठालुहरुले लगाए। पृथ्वीमा पहिले माटोपनि साझा नै थियो। यहाँको हावापनि साझानै थियो,’ किरातीले भने, ‘यहाँको घामा साझा थियो। तर, मान्छेमा सीमामा लाग्दै गयो। श्रष्टाहरु समाजको अगुवा हो। श्रष्टाहरुलाई समाजको अग्रदस्ता हुन्। अग्रदस्ताले सृजनाबाट समाजको अवस्था झल्क्याउँछन्।’

उनले नेपालको पर्यटनलाई प्रकृति र संस्कृतीसँग छुट्याएर राख्न नसकिने बताए। मन्त्री किरातीले विश्वबजारमा नेपाली मौलीक संगीतलाई चिनाउन आवश्यक रहेको बताए।

‘कार्लमाक्र्सले भनेका थिए, सृजना र अभिव्यक्तिले व्याख्यामात्रै होइन, बदल्छन् पनि। श्रष्टाहरूले समाज परिवर्तनदेखि ठूलाठूला योगदान गर्छन्। संगीत र सांस्कृतिक क्षेत्रबाट कतीपयदेशमा आर्थिक योगदान गरेको उदाहरण पनि छन्,’ किरातीले भने, ‘घनेपालमा पनि संगीत उद्योगबाट महत्वपूर्ण टेवा दिन्छ, सरकारले यो बाटोमा पाइला चाल्नुपर्नेछ। अगाडी बढ्नुपर्नेछ तर, अहिलेसम्म अगाडी बढेन। मौलिक गितसंगीतको क्षेत्रमा घोत्लिएर योगदान गर्नुपर्छ। नेपाली मौलिक संगीतलाई चिनाउन सकेका छैनौं। नेपाली मौलिक गीत संगीतलाई समाजमा नै चिनाउन सकिरहेका छैनौं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .