ad ad

समाज


दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा

दुई बच्चालाई बोरामा राखेर भारत लाँदै गरेको अवस्थामा एक जना नियन्त्रणमा

नेपालखबर
भदौ ३, २०८० आइतबार २०:५७, काठमाडौँ

चोरिएको दुईवटा बच्चासहित बाराको देवताल गाउँपालिका ३ अमुवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 

बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको सशस्त्रका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सोही गाँउपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ वर्षीय छोरा सत्यमकुमार महत्तोलाई आलमले चोरी गरी बोरामा हालेर भारततर्फ लैजाँदै थिए।

सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा दुईवटा बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

उद्धार गरिएका बच्चाहरुलाई अभिभावकको जिम्मा लगाइएको छ भने नियन्त्रणमा लिइएका आलमलाई आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .