ad ad

समाज


मुस्ताङको कागबेनी खोलामा फेरि बाढी आयो

मुस्ताङको कागबेनी खोलामा फेरि बाढी आयो

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार ११:२८, मुस्ताङ

मुस्ताङको कागबेनी खोलामा गएराति फेरि बाढी आएको छ। बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुगेको छ। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी भएर बग्ने कागबेनी खोलाको सहायक खोला झोङ र मुक्तिनाथ खोलामा बाढी आएको हो। 

बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुगेको उनले जानकारी दिए।

गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा बजारमा एक साताअघि बाढी पस्दा घर, सडक, सार्वजनिक भवन र पुलमा व्यापक क्षति पुगेको थियो। 

बाढीले क्षतिग्रस्त संरचनाको उत्खनन् गर्ने क्रममा हिजो (आइतबार) मात्रै कागबेनीस्थित प्रभु र इन्भेष्टमेन्ट बैंकको डेढ करोड रुपैयाँ बढी फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .