ad ad

समाज


बाढीले सडक बगाउँदा उपल्लो मुस्ताङमा यातायात अवरुद्ध, पर्यटकको विचल्ली

बाढीले सडक बगाउँदा उपल्लो मुस्ताङमा यातायात अवरुद्ध, पर्यटकको विचल्ली

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १३:२०, काठमाडौँ

खहरे खोलाले सडक बगाउँदा जोमसोम–कोरला सडक अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने उक्त सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो। 

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको ताङ्बे भन्ने स्थानमा खहरे खोलामा आएको बाढीले सडक बगाउँदा त्यस क्षेत्रमा गाडी चल्न नसकेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। 

सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङमा सिधा यातायात सञ्चालन हुन नसकेको प्रजिअ केसीले बताए। 

गत साता कागखोलामा आएको बाढीले गर्दा अवरुद्ध बनेको जोमसोम–कोरला सडक केही दिनमै सञ्चालनमा आएको थियो। 

आइतबार रातिको बाढीले पुनःअवरुद्ध बनेपछि जोमसोमदेखि कोरला पुग्ने र उपल्लो मुस्ताङदेखि जोमसोम, पोखरा, काठमाडौँलागायतका स्थानमा जाने सवारीसाधन ठप्प भएको छ। 

सडकमा गाडि नचल्दा उपल्लो मुस्ताङबाट फर्किने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन्। जोमसोमदेखि उपल्लो मुस्ताङ पुग्ने वैकल्पिक सडक छैन। 

खोलामा बाढीको बहाव घट्दै गएकाले आज साँझसम्म सडक खुलाउने प्रयास जारी रहने प्रजिअ केसीले बताए।

‘हिजो राति खहरे खोलामा बाढी आएपछि उपल्लो मुस्ताङसँग सिधा यातायात सम्पर्क हुन सकेको छैन, सडक खुलाउनका लागि मेसिन प्रयोग भएका छन्, आज साँझसम्म खुलाउने कोसिस गरेका छौँ’, प्रजिअ केसीले भने, ‘कागखोलामा बाढी आउँदा केही पर्यटकलाई जोमसोमसम्म झारेका थियौँ, अहिले पनि केही पर्यटक माथिल्लो मुस्ताङमै छन्।’

बाढीले सडक अवरुद्ध भएपनि पैदल यात्रा गर्ने वैकल्पिक मार्ग भएकाले धेरै समस्या नपर्ने उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .