ad ad

समाज


काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा

काठमाडौं परिसर र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८० सोमबार १७:२८, काठमाडौँ

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयका प्रमुखको सरुवा गरेको छ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान कार्कीलाई काज सरुवा गरेर प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ।

त्यस्तै अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोज केसीलाई प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरिएको छ। 

कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएपछि काठमाडौं परिसर प्रमुखमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत खत्रीले काठमाडौं परिसरको नेतृत्वको जिम्मा पाएका हुन्। 

उता अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौरलाई ल्याइएको छ।

केसीको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा सरुवा गरेर राठौरलाई ल्याइएको हो।

निर्देशनालयका सानुराम भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .