ad ad

समाज


नारायणगढ-मुग्लिन सडक ११ घण्टादेखि अवरुद्ध

नारायणगढ-मुग्लिन सडक ११ घण्टादेखि अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८० मंगलबार ६:५१, काठमाडौँ

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक ११ घण्टादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ।

यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएराति राति ८ बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको हो।

ठूलो पहिरोले सडकको झण्डै ४० मिटर भाग ढाकेको कारण पहिरो पन्छाउन समय लाग्ने 
जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन ११ घण्टादेखि रोकिएका छन्।

पहिरो पन्छाउन चारवटा डोजर स्काभेटर लगातार प्रयोग भइरहेका सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। ‘हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै पन्छाउन अझै पाँचदेखि छ घण्टा लाग्छ सक्छ,’ उनले भने।

रातभर पहिरो पन्छाउने काम गरिएको भए पनि बिहानसम्म २५ देखि ३० प्रतिशतमात्र पन्छाउन सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए। 

पहिरो खसेको ठाउँ साँघुरो भएका कारण पहिरो पन्छाउने काममा ढिलाई भइहेको तामाङको भनाई छ।  

नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। बर्खाको बेला यो सडक धेरै अवरुद्ध हुने गरेको छ।

ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने भएकाले यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी नायब निरीक्षक चुडामणि पोखरेलले आग्रह गरे। 

पहिरोले सडक अवरुद्ध भएपछि काठमाडौँबाट गएका सवारीसाधन मुग्लिन, कुरिनटार, फिस्लिङ र धादिङमा रोकिएका छन् भने पश्चिम र पूर्वबाट आएका सवारीसाधन भरतपुर र नवलपुरको गैँडाकोटमा रोकिएका छन्। 

पोखराबाट काठमाडौंतर्फको सडक भने अवरुद्ध नरहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .