ad ad

समाज


नारायणगढ–मुग्लिन सडक दिउँसो ३ बजेसम्म खुल्ने

नारायणगढ–मुग्लिन सडक दिउँसो ३ बजेसम्म खुल्ने

फाइल तस्बिर


नेपालखबर
भदौ ५, २०८० मंगलबार १२:३८, काठमाडौँ

नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसोबाट सञ्चालनमा आउने भएको छ।

चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज दिउँसो ३ बजेसम्मको समय लाग्ने अनुमान डिभिजन सडक कार्यालयले गरेको छ। 

सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो रातिदेखि नै पन्छाउन थालिएको थियो। 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुङ्गा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो। सोमबार राति १० बजेदेखि पहिरो पन्छाउन थालिएको थियो। 

अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेका छन्। 

‘थप समस्या नआएमा अपराह्न ३ बजेसम्ममा पहिरो पन्छाउन सकिन्छ,’ उनले भने। पाँच÷सात मिनेटको फरकमा ढुङ्गा खसिरहेकाले पूर्णरुपमा काम गर्न नसकिएको पौडेलले बताए।

पौडेलका अनुसार सात हजार घनमिटर हाराहारी पहिरो खसेको अनुमान गरिएको छ। करिब ६०–७० मिटर माथिबाट पहिरो झरेको छ। 

पहिरो खसेपछि त्यस क्षेत्रमा सोमबार साँझदेखि नै सवारी साधनहरु रोकिएका छन्। प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरुलाई अनुरोध गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .