ad ad

समाज


साउदीमा मृत्युदण्डको सजायबाट बचेर नेपाल आइपुगे उमेश*

साउदीमा मृत्युदण्डको सजायबाट बचेर नेपाल आइपुगे उमेश*

शैलेन्द्र महतो
माघ ८, २०७६ बुधबार ३:४८,

पाकिस्तानी सहकर्मीको हत्या आरोपमा साउदी अरेबियामा मृत्यु दण्डको सजायबाट जोगिएका धनुषाका ३९ वर्षीय उमेश यादव नेपाल आइपुगेका छन्।

बुधबार बिहान उमेश काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनको जीवन रक्षाको निम्ति २ वर्षदेखि अभियान चलाएका जनकपुरका समाजिक अभियन्ता सरोज रायले उनलाई बिहानै विमानस्थलमा स्वागत गरेका छन्।

Umesh11

उमेशलाई सन् २००६ मा सहकर्मी पाकिस्तानी नागरिक मोहम्मद लतिफ वासिरको हत्या गरेको अरोपमा जुवेलका जेनर कोर्टले १५ अप्रिल २०१८ मा मृत्यु दण्डको सजाय सुनाएको थियो।

‘घाँटी काटेर उमेशलाई २४ घण्टा झुण्डयाउने’ आदेश अदातले दिएको थियो।

धनुषाको कमला नगरपालिका ३ का बासिन्दा उमेश सन् २००६ मा वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका थिए। गएको केही समय पश्चात विवादकै क्रममा पाकिस्तानी नागरिकको मृत्यु भएपछि उमेशलाई त्यहाँकाे प्रहरीले हत्या आरोपमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। जुवेल जेनरल कोर्टको आदेशमा उमेशलाई साउदीकै जुवेल जेलमा राखिएको थियो।

उमेशले मृत्यु दण्डको सजाय पाउने समाचार दुईवर्ष अघि सार्वजनिक भएपछि जनकपुरका समाजिक अभियन्ता रायले उनको जीवनरक्षाको निम्ति पहल अघि बढाएका थिए।

अभियन्ता रायले दुईवर्षदेखि ‘ब्लडमनी’ को लागि चन्दा संकलन सुरु गरेका थिए। उनले परराष्ट्र मन्त्रालय र नेपाली दूतावासको सहयोगमा मृतक पाकिस्तानीको घरमा समेत पुगेर उमेशको जीवनरक्षाको निम्ति गुहार गरेका थिए।

मृतक परिवार उमेशलाई बचाउन सकारात्मक भएपछि अभियन्ता राय ‘ब्लडमनी’ लगायत अदालती प्रक्रियामा अगाडि बढेका थिए। उनले चन्दा संकलन गरी पाकिस्तानी मृतक परिवारलाई ३० लाख पाकिस्तानी रुपैयाँ ‘ब्लडमनी’ समेत दिएपछि उमेश जेलबाट रिहा भएका हुन्।

रायले उमेश फर्केपछि चन्दा उठाएको ‘ब्लडमनि’ लगायतको हरहिसाब सार्वजनिक गर्ने समेत बताएका छन्।

Umesh12

‘उमेशले मृत्यु दण्डको सजाय पाउन सक्ने समाचार सुनेपछि मैले उनलाई बचाउने अभियानमा सुरु गरेँ। त्यसको चार माहिन पश्चात २०१८ अप्रिल १५ मा मात्र जुवेल अदालतले उनलाई मृत्यु दण्डको सजाय सुनाएको थियो’, अभियन्ता रायले खुशी हुँदै नेपालखबरसँग भने, ‘मैले उनलाई बचाउन कुनै कसर बाँकी राखिँन। सबैको सहयोगमा उमेश यादवको जीवन रक्षा सम्भव भएको छ।’

उमेशलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै सरोज रायले भने, ‘जुन उद्देश्यले हामी २ वर्षदेखि निरन्तर अभियानमा लागेका थियौँ, त्यो अभियान सफल भएको छ। आज उमेश नेपाल आइपुगेका छन्। उमेशलाई हार्दिक स्वागत छ नेपालमा।’

उमेशले पनि आफुलाई जीवन रक्षा गरिदिएकोमा अयिभन्ता राय, पाकिस्तानी मृतक परिवार र सम्पूर्ण सहयोगीप्रति अभार प्रकट गरेका छन्।

(*पछिल्लो अपडेट अनुसार यो रिपोर्टमा केही परिवर्तन गरिएको छ–सम्पादक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .