ad ad

समाज


सुई लगाएर यसरी समातियो बुद्धनगरमा आतंक मच्चाउने घाइते भैँसी (भिडिओ)

सुई लगाएर यसरी समातियो बुद्धनगरमा आतंक मच्चाउने घाइते भैँसी (भिडिओ)

नेपालखबर
भदौ ६, २०८० बुधबार ११:५८, काठमाडौँ

काठमाडौँको बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल हाताभित्र छिरेको एउटा भैँसीलाई प्राविधिक टोलीले डार्ट गरेर (लठ्ठिने सुई लगाएर) नियन्त्रणमा लिएको छ।  

बुधबार उज्यालो नहुँदै सडकमा त्रसित अवस्थामा एउटा घाइते भैँसी दौडिरहेको देखेपछि स्थानीय त्रसित बनेका थिए। पछि त्यो भैँसी ज्ञान निकेतन मावि परिसरभित्र छिरेको थियो।

केहीबेरअघि डिभिजन वन कार्यालय स्युचाटारबाट आएको प्राविधिक टोलीले डार्ट गरेर भैँसीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए। 

‘कोही व्यापारीले मार हान्न (काट्न) खोज्दा भैँसी उम्किएको अनुमान गरिएको छ,’ डीएसपी श्रीवास्तवले नेपालखबरसँग भने, ‘भैँसीको एउटा सिङ भर्खरै भाँचिएको छ। त्यो मार हान्दा भाँचिएको हुनसक्छ।’

नाथमा दाम्लो नभएको घाइते अवस्थाको भैँसीलाई नियन्त्रणमा लिन जोखिम हुने देखेपछि प्रहरीले वनको प्राविधिक टोलीलाई खबर गरेको थियो। 

‘भैँसी कसको हो र कहाँबाट आयो खुलेको छैन,’ डीएसपी श्रीवास्तवले भने, ‘भैँसीलाई बुद्धनगरस्थित ज्ञान निकेतन स्कुल हाताभित्र डार्ट गरेर नियन्त्रणमा लिएका हौँ।’ 

विद्यालय हाताभित्र भैँसी प्रवेश गरेपछि आज ज्ञान निकेतन माविको पढाई प्रभावित भएको छ। 

भैँसीले आक्रमण गर्ने भयको कारण धेरै विद्यार्थी विद्यालय नपुगी घर फर्किएका थिए। 

विद्यालयमा गएका विद्यार्थीलाई पनि कक्षा कोठाबाट बाहिर निस्कन नदिइ भित्रै बस्न भनिएको थियो।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .