प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाल्पा जिल्लाको तानसेन नगरपालिका–३ भगवती टोल घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ गुर्जुधारा बस्ने वर्ष ५८ को नरेश गौतम रहेका छन्।
गौतमले वर्ष २२ की सरीता (नाम परिवर्तन) लाई नेपाल प्रहरीको प्रहरी जवान पदमा जागिर लगाई दिने प्रलोभन देखाई पटक पटक गरी दुई लाख रुपैयाँ लिई ठगी गरेको प्रहरीको आरोप छ।
पीडितले वडा प्रहरी कार्यालय लमही दाङमा दिएको जाहेरीका आधारमा गौतमलाई साउन २९ गते काठमाडौंबाट पक्राउ गरी वडा प्रहरी कार्यालय लमहील्याएको हो।
उनलाई ठगी मुद्दामा दाङ जिल्ला अदालतबाट १२ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
साथै, यस्ता किसिमका प्रलोभनमा पारी कोही कसैले ठगी गर्न सक्ने भएकोले यी कार्यहरुबाट सचेत र सतर्क रहन पनि प्रहरीले आग्रह गरेको छ।
Shares
प्रतिक्रिया