बाजुरामा काठेपुल भाँचिँदा खोलामा खसेर एकजना बेपत्ता भएका छन्।
बाजुरा प्रहरीका अनुसार बाजुरा बूढीनन्दा नगरपालिका–३, लौठारुखका २७ वर्षीय गंग लुहार सोही नगरपालिकाको वडा नम्बर ४ मा रहेको घोडाकोट खोलामा खसेर बेपत्ता भएका हुन्।
उक्त खोलामा रहेको काठेपुल (सांगो) बाट भैँसी र पाडोसहित खोला पार गर्ने क्रममा अचानक काठेपुल भाँचिएको हो। भैँसी र पाडोसँगै खोलामा खसेका लुहार हराएका हुन्।
यस्तै भैँसी जिउँदै अवस्थामा खोलामा किनारमा फेला परे पनि पाडो भने हराएको प्रहरीले जनाएको छ। प्रहरीले खोजी जारी राखेको छ।
48
Shares
प्रतिक्रिया