अग्रवाल सेवा केन्द्रको १७ औँ वार्षिक साधारण सभाले गिरीधारी अग्रवालको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल कुमार धानुका, सुबोध कुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएका छन्।
यस्तै, मानार्थ उपाध्यक्षमा सुमित कुमार अग्रवाल र राम अवतार टाईवाला निर्वाचित भए। १२ सदस्यीय पदाधिकारीको महासचिवमा पङ्कज जलान, कोषाध्यक्ष अरुण डोकानीयाँ र सचिवमा भरत कुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भए।
यस्तै, सहकोषाध्यक्ष ऋषि कुमार अग्रवाल चयन भए।
अग्रवाल सेवा समाजले सामाजिक र धार्मिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ। खास गरी प्राकृतिक विपतमा नागरिकको सेवामा लामो समय देखि काम गर्दै आएको नवनिर्वाचित महासचिव पङ्कज जलानले बताए।
समाजले भूकम्प प्रभावित जिल्लामा भवन निर्माणमा उल्लेख्य योगदान गरेको थियो।
निर्वतनमा अध्यक्ष राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्नका लागि नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए।
Shares
प्रतिक्रिया