नागरिक अगुवासमेत रहेका लेखक खगेन्द्र संग्रौलाले आफ्नो नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खोजेको बताएका छन्।
आफूले फेसबुक नचलाउने र त्यस्ता कुरा लेखिएका फेसबुक आफ्नो नभएको जानकारी उनले गराएका छन्।
‘म फेसबुक चलाउँदिनँ। मेरो नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खोज्या छ भन्ने कुरा एक मित्रबाट सुनेँ’, संग्रौलाले ट्विट गर्दै भनेका छन्, ‘त्यो मेरो फेसबुक होइन, त्यो म होइन।’
501
Shares
प्रतिक्रिया