ad ad

समाज


कुरिनटारमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा गाडी गुड्न थाले

कुरिनटारमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्गमा गाडी गुड्न थाले

फाइल तस्बिर


नेपालखबर
भदौ ९, २०८० शनिबार ७:३७, काठमाडौँ

पहिरो खस्दा झण्डै दुई घण्टा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकमा शनिबार बिहानबाट गाडी चल्न थालेका छन्।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ कुरिनटार नजिकै गएराति साढे २ बजेतिर पहिरो खस्दा मुग्लिन -काठमाडौं सडक अवरुद्ध बनेको थियो। 

पहिरो पन्छाएपछि शनिबार बिहान साढे ४ बजेबाट मुग्लिन -काठमाडौं सडकमा यातायात सञ्चालन भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए। 

पहिरोले दुईतर्फी नै सडक अवरुद्ध भएको थियो। पहिरोले यातायात अवरुद्ध हुँदा सडकको दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको थियो।

‘पहिरो खस्नासाथ हामीले स्काभेटर र डोजर प्रयोग गरेर राजमार्ग खुलाएका छौँ,’ एसपी कार्कीले नेपालखबरसँग भने, ‘अहिले मुग्लिन -काठमाडौं र मुग्लिन - नारायणघाट कतै पनि सडकमा जाम छैन। निर्वाध रुपमा यातायात सञ्चालन भइरहेका छन्।’

यसअघि शुक्रबार साँझ चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक दुइतर्फी नै अवरुद्ध बनेको थियो।  

शुक्रबार साँझ करिब ७ बजेतिर गएको नाग्दी खोलाको पहिरो पनि राति नै पन्छाइएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .