ad ad

समाज


गोरु काटिनुमा मेरो कुनै हात छैन : हर्क साम्पाङ

गोरु काटिनुमा मेरो कुनै हात छैन : हर्क साम्पाङ

फाइल फाेटाे : मेयर हर्क साम्पाङ


नेपालखबर
भदौ ९, २०८० शनिबार १९:१, काठमाडौँ

धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको तथा हिन्दू मन्दिरअगाडि चर्च बनाएको विषयमा विवाद भएपछि निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्था आएको छ। 

सामाजिक सद्‌भाव र धार्मिक सहिष्णुता नबिथोलियोस् भनेर स्थानीय प्रशासनले धरानमा शुक्रबार राति १२ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ। 

यसैबीच त्यस उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धार्मिक तथा साम्प्रदायिक विवाद निम्त्याउने कुनै पनि घटनामा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका छन्। साथै धर्मको आडमा राजनीति नगर्न उनले आग्रह पनि गरेका छन्।  

‘मन्दिरको अगाडि चर्च बनायो भनेर आलोचना गर्नु भो, चर्चमा पनि मान्छेको आस्था छ, अब मैले किन बनाएको भनेर डोजर लिएर भत्काउन कसरी जानू’, मेयर साम्पाङले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फेरि गोरु काटेको कुरा, त्यहाँ मेरो कुनै संलग्न छैन र कानुनविपरीत भए अनुसन्धान गर्न मैले पनि सहयोग गर्छु भनेको छु। धर्मको आडमा राजनीति कसैले नगर्नुहोला!’

उनले आफू हिन्दू धर्मविरोधी नभएको स्पष्टीकरण पनि दिएका छन्। उनले अर्को ठाउँमा लेखेका छन्, ‘वास्तवमा म हिन्दू धर्मको विरोधी हुँदै होइन, एकदिन हर्क साम्पाङ जिन्दावादको नारा पनि लाग्नेछ। म ढुक्क छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .