ad ad

समाज


ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा : अभियोग पुष्टि भए कति हुन्छ सजाय?

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा : अभियोग पुष्टि भए कति हुन्छ सजाय?

नेपालखबर
भदौ १०, २०८० आइतबार १२:२७, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले आइतबार २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। 

सरकारी वकिलको कार्यालयले सरकारी किर्ते कसुरअन्तर्गत २९० जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाए पनि जिल्ला सरकारी वकिल कार्यालयले सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको हो। 

संगठित अपराधमा मुद्दा दिन पर्याप्त प्रमाण नपुगेकाले उनीहरूविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले नेपालखबरलाई बताए। 

सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .