ad ad

समाज


बालुवाटार जग्गा प्रकरण : पूर्व निर्वाचन आयुक्त शाहलाई प्रतिवादी बनाइएन, सीआईबीले छाड्यो

बालुवाटार जग्गा प्रकरण : पूर्व निर्वाचन आयुक्त शाहलाई प्रतिवादी बनाइएन, सीआईबीले छाड्यो

नेपालखबर
भदौ १०, २०८० आइतबार १९:४६, काठमाडौँ

बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह छुटेका छन्। जिल्ला सरकारी वकिल कार्यालयले शाहलाई प्रतिवादी नबनाई अभियोगपत्र दायर गरेसँगै उनलाई हिरासतबाट छाडिएको हो। 

सीआईबीले मुद्दा चलाउन राय दिएपनि जिल्ला सरकारी वकिल कार्यालय प्रतिवादी नबनाई अभियोगपत्र दायर गरेपछि उनलाई छाडिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो। तर, सरकारी वकिल कार्यालयले भने २८९ सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको छ। 

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रुपमा कार्यरत रहेका थिए। 

सीआईबीले मुद्दा चलाउन राय दिएका दाङका सिडिओ सुशिल वैद्यलाई भने सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाएको छ। सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पनि सीआईबीले नबनाउन भनेको थियो।

तर, राउतविरुद्ध पनि मुद्दा दायर भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .