ad ad

समाज


ब्रिटिस गोरखा नेपालीलाई नागरिकताबाट वञ्चित नगराउन माग

ब्रिटिस गोरखा नेपालीलाई नागरिकताबाट वञ्चित नगराउन माग

नेपालखबर
भदौ १०, २०८० आइतबार १९:५५, काठमाडौँ

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित नगराउन सरकारसँग माग गरेको छ।

आइतवार अभियानले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खाहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेको हो। अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोर्खालीहरुको चल अचल सम्पती पूूर्ण रुपमा पलायन हुने बताए।

संयोजक तामाङले गोरखालीहरु अपराधी हो ? भन्दै गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने बताए। उनले ब्रिटिस गोरखालीका सन्तानहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने भन्दै गोर्खाहरुले बेलायत बस्न पाउँ भनेर कहिल्यै माग नराखेको स्मरण गराए।

संयोजक तामाङले भने, ‘ब्रिटिस गोरखालीहरु हुन्। उनीहरु बेलायत बसिरहेको अवस्था छ। उनका साखा सन्तानहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ भन्ने माग राखेका छौं। हामी र ब्रिटिस गोरखाका सन्ततीहरुको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ। यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौँ। आज आठ वर्ष भएको तर, खासै केही भएन।’

उनले दुई सय वर्षदेखि बेलायतमा गोरखालीहरु कार्यरत रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .