ad ad

समाज


पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, अर्का घाइते

प्रतिकात्मक तस्बिर


नेपालखबर
भदौ ११, २०८० सोमबार ९:३१, पाल्पा

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।

गएराति करिब १ बजे तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४ अर्गलीमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका–२ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका–१ का २८ वर्षीय प्रकाश थारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका घर्ती मगरको उपचारको क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो। घायते थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .